१० विकेटले बहराइनलाई पराजित गर्दै ओमान पनि विश्वकपमा

कार्तिक १७, २०८० |कान्तिपुर टीभी संवाददाता
१० विकेटले बहराइनलाई पराजित गर्दै ओमान पनि विश्वकपमा

काठमाडौं । आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत अर्को खेलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमानले पनि विश्वकपमा स्थान सुरक्षित गरेको छ ।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले दिएको १०७ रनको लक्ष्य ओमानले १४.१ ओभरमा विनाकुनै विकेटको क्षतिमा पूरा गरेको हो ।

ओमानको जितमा कश्यप प्रजापति र प्रतिक अथभालेले उत्कृष्ट पारि खेले । कश्यप प्रजापतिले अर्धशतकीय पारि खेल्दा प्रतिक अथभालेले २ रनले अर्धशतक बनाउन असफल भए । दुवै खेलाडी नटआउट रहे । प्रजापतिले ५७ तथा अथभालेले ४८ रनको नटआउट पारि खेले ।

यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा

पहिला ब्याटिङ गरेको बहराइनले निर्धारित ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । बहराइनका लागि इमरान अलिले सर्वाधिक ३० रन बनाउँदा अमिर विन नासरले नटआउट २६ रन बनाए । यसैगरी सर्फराज अलीले २३ रन जोडे । अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन ।

ओमानका अकिव इलियासले सर्वाधिक ४ विकेट लिँदा सकेल अहमदले २ विकेट लिए । त्यसैगरी विलाल खान र फयाज बट र जिसन मक्सुदले एक-एक विकेट लिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.