बंगलादेश भ्रमणबाट फर्कियो नेपाली राष्ट्रिय महिला फुटबल टोली

श्रावण १, २०८० |विनोद कोजू
बंगलादेश भ्रमणबाट फर्कियो नेपाली राष्ट्रिय महिला फुटबल टोली

काठमाडौं । बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ । दुईवटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएर नेपाली टोली फर्किएको हो ।

स्वदेश फर्किएको नेपाली टोलीलाई एन्फा पदाधिकारीहरुले विमानस्थलमा फूलमालाले स्वागत गरेका थिए । अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईलगायत पदाधिकारीहरु खेलाडीको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

विमानस्थलमा नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बंगलादेश भ्रमणका क्रममा टफ कम्पिटिसन भए पनि नेपाली टोलीलाई थप ‘म्याच एक्सपोजरको’ खाँचो रहेको प्रतिक्रिया दिइन् ।

‘यो प्रतियोगिता आउने एसियन गेमको तयारीका रुपमा लिएका छौं । हामीले बंगलादेशलाई कडा चुनौतीका साथ जित हासिल गरेका छौं,’ उनले भनिन्, ‘तर पनि नेपाली टोलीलाई थप एक्सपोजरको खाँचो छ ।’

यस्तै नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक अनन्तराज थापाले बंगलादेशको यही टिमसँग हामी होम ग्राउन्डमा पराजित भए पनि उनीहरुको घरेलु मैदानमै हामीले पराजित गरेर बदला लिने मौका पाएको जनाए । ‘हाम्रो टिमको तालमेल राम्रो छ । र खेलाडीको मनोबल उच्च रहेको कारणले यो सफलता पायौं,’ उनले भने ।

मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली टोलीले दुवै खेल जितेको छ । नेपालले बंगलादेशसँगको पहिलो खेल १-१ गोलको बराबरी खेलेको थियो । हिजो (आइतबार) भएको दोस्रो खेलमा घरेलु टोलीलाई टाइब्रेकरमा चार-दुईले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालको जितमा सब्सिच्युट गोलकिपर अन्जना राना मगरले उत्कृष्ट प्रदर्शन गरिन् ।

हेर्नुहोस् भिडियो...


Image

विनोद कोजू

कोजु कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement