ए डिभिजन लिगमा आज ३ खेल

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
ए डिभिजन लिगमा आज ३ खेल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (बुधबार) तीन खेल हुँदै छन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा सुरु हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो ३ बजे हिमालयन शेर्पा र मच्छिन्द्र क्लबबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै साँझ ६ बजे रंगशालामै हुने खेलमा संकटा र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि हिजो (मंगलबार) थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडबीचको खेल शून्य गोलमा बराबरी भएको थियो । यो बराबरीसँगै चर्च ब्वाइजले एक खेलअगावै उपाधि पक्का गरेको हो । चर्च ब्वाइज युनाइटेड डेब्यु गरेकै वर्ष सहिद स्मारक ए-डिभिजन लिगको च्याम्पियन बनेको हो ।

यो नतिजापछि एक खेल बाँकी रहँदा चर्च ब्वाइजको ४५ अंक भएको छ । एक खेल कम खेलको मछिन्द्रको ६ अंकले पछि छ । यो बालगोपाल महहर्जनको प्रशिक्षकमा रुपमा पहिलो लिग उपाधि हो ।

अनन्त तामाङले पनि आफ्नो कप्तानी र करियरमै पहिलोपटक सहिद स्मारक ए डिभिजन लिग जितेका हुन् । यता मेघराज केसीको टोली १४ खेलसम्म जितविहीन बनेको छ । रेलिगेसन जोनभन्दा एक स्थानमाथि रहेको थ्रिस्टारको २५ खेलबाट २९ अंक छ ।

डेब्यु गरेकै वर्ष ए-डिभिजन लिगको च्याम्पियन बन्यो चर्च ब्वाइज


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.