डेब्यु गरेकै वर्ष ए-डिभिजन लिगको च्याम्पियन बन्यो चर्च ब्वाइज

जेष्ठ २३, २०८० |खेल ब्युरो
डेब्यु गरेकै वर्ष ए-डिभिजन लिगको च्याम्पियन बन्यो चर्च ब्वाइज

काठमाडौं । चर्च ब्वाइज युनाइटेड डेब्यु गरेकै वर्ष सहिद स्मारक ए-डिभिजन लिगको च्याम्पियन बनेको छ ।

छिमेकी क्लब थ्रिस्टारलाई बराबरीमा रोक्दै चर्चले लिगको अन्तिम खेल बाँकी रहँदै उपाधि पक्का गरेको हो ।

दशरथ रंगशालामा भएको खेलको पहिलो अवधीभर दुवै टिमले खतरनाक मुभमेन्ट बनाउन सकेनन् । अन्जन विष्टले ३७ औँ मिनेटमा गोल गर्ने मौका खेर फाले । उनले बक्स भन्दा केही परबाट गरेको प्रहारलाई गोल रक्षक ब्लोनले बचाए ।

त्यस लगत्तै पाएको कर्नरमा एरिकबाट आएको कर्नर बलमा अनन्त तामाङले गरेको हेडर फेरी उनैले बचाए । त्यसपछि दुवै टिमबाट पहिाले हाफमा गोल भएन। दोस्रो हाफमा पनि दुवै टिमले गोल गर्न सकेनन् । चर्च ब्वाइजलाई बराबरीमा रोकिएपनि उपाधि जित्न पर्याप्त भयो ।

यस नतिजा पछि चर्च ब्वाइजले शीर्ष डिभिजनमा उक्लीएको पहिलो वर्ष नै उपाधि जित्ने कीर्तिमान बराबरी गरेको छ । यस अघि यो कीर्तिमान मनाङ मर्स्याङ्दीले दुई दशक अघि राखेको थियो ।

यो नतिजा पछि एक खेल बाँकी रहँदा चर्च ब्वाइजको ४५ अंक भएको छ । एक खेल कम खेलको मछिन्द्रको ६ अंकले पछि छ । यो बालगोपाल महहर्जनको प्रशिक्षकमा रुपमा पहिलो लिग उपाधि हो ।

यता अनन्त तामाङले पनि आफ्नो कप्तानी र करियरमै पहिलो पटक सहिद स्मारक ए डिभिजन लिग जितेका छन् । यता मेघराज केसीको टोली १४ खेलसम्म जितबहीन बनेको छ । रेलिगेशन जोन भन्दा एक स्थान माथि रहेको थ्रिस्टारको २५ खेलबाट २९ अंक छ ।

यो पनि...

सहिद स्मारक ए डिभिजन लिगको उपाधि चर्च ब्वाइजलाई