आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आजदेखि, अस्ट्रेलिया र भारत भिड्दै

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आजदेखि, अस्ट्रेलिया र भारत भिड्दै

काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजदेखि इंग्ल्यान्डको लन्डनमा सुरु हुँदैछ । द ओभल मैदानमा हुने अस्ट्रेलिया र भारतबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ ।

अस्ट्रेलिया तालिकामा पहिलो र भारत दोस्रो हुँदै फाइनल पुगेका हुन् । प्याट कमिन्सको कप्तानीमा रहेको अस्ट्रेलियाले दुई वर्षको छनोट विन्डोमा १९ टेस्टमध्ये ११ मा जित हात पारेको थियो । तर यसै वर्ष भएको एक सिरिजमा अस्ट्रेलिया भारतसँगै पराजित भएको थियो ।

रोहित शर्माको नेतृत्वमा रहेको भारत पछिल्ला सिरिजमा अस्ट्रेलियामाथि हाबी हुँदै आएको छ । इंग्लिस कन्डिसनले अस्ट्रेलियालाई बढी फेभर गर्ने अनुमान गरिएको छ । भारतको टेस्ट च्याम्पियनसिपमा यो दोस्रो फाइनल हो । सन् २०२१ मा भएको न्युजिल्यान्डले विराट कोहलीको कप्तानीमा रहेको भारतलाई हराएर पहिलो संस्करणको टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो । भारत दश वर्ष देखिको आईसीसी उपाधि खडेरी तोड्न चाहन्छ । उसले पछिल्लो पटक महेन्द्र सिंह धोनी कप्तान हुँदा श्रीलंकालाई हराएर आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो ।

अस्ट्रेलिया भने वर्षको तस्रो ठूलो प्रतियोगिताको फाइनल खेल्दैछ । खेललाई वर्षाले बाधा पुर्‍याउने सम्भाव छ । पाँच दिनसम्म चल्ने खेलको सुरुवाती तीन दिन पानी पर्ने अनुमान छैन । तर चौथो र पाँचौँ दिन भने भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अस्ट्रेलियाका स्टिभ स्मिथले भारतसँग सिम बलरको उत्कृष्ट समिश्रण रहेकाले आफूहरुले राम्रो क्रिकेट खेल्नु पर्ने बताएका छन् । अहिले भारतीय युवा ब्याटर शुभमन गिलमाथि सबैको नजर छ । भारतीय टिमका मुख्य प्रशिक्षक राहुल द्रबिडले आफ्नो टिममा केही खेलाडी चोटग्रस्त रहेको उल्लेख गरे । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.