सहिद स्मारक ए डिभिजन लिगमा आज चार खेल

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
सहिद स्मारक ए डिभिजन लिगमा आज चार खेल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज ४ खेल हुँदै छन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक च्यासल तथा एक खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लबबीच खेल हुनेछ भने साँझ ६ बजे रंगशालामै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै च्यासलमा दिउँसो ३ बजे हुने खेलमा एफसी खुमलटार र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.