फ्रेन्च ओपन : विश्व नम्बर एक इगा स्वान्तेक अन्तिम आठमा

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
फ्रेन्च ओपन : विश्व नम्बर एक इगा स्वान्तेक अन्तिम आठमा

पेरिस । विश्व नम्बर एक इगा स्वान्तेकले फ्रेन्च ओपन टेनिसको अन्तिम आठमा स्थान बनाएकी छन् ।

स्वास्थ्यमा समस्या भएपछि युक्रेनकी लेसिया सुरेन्को रिटायर्ड हर्ट भएपछि स्वान्तेक क्वाटरफाइनलमा प्रवेश गरेकी हुन् ।

साविक विजेता स्वान्तेकले पहिलो सेटमा ४ - १ अंकको अग्रता बनाएकी थिइन् । सोही बेला सुरेन्कोले आफ्नो फिजियोथेरापिस्ट बोलाएर ब्लड प्रेसर चेक गरिन् । पाँच मिनेटको ब्रेकपछि खेल पुन: सुरु भएको थियो । तर सुरेन्काले १ - ५ ले पछि परेको स्थितिमा वाल्कओभर दिइन् ।

पोलिस खेलाडी स्वान्तेकको भेट अब अमेरिकाका कोको गौफसँग हुनेछ । गौफले स्लोभाकियाकी आना क्यारोलिना स्मिडलोभालाई सोझो सेटमा हराएकी हुन् । १९ वर्षीया गौफले २८ वर्षीया आनाविरुद्धको पहिलो सेट ७ - ५ ले जितिन् । दोस्रो सेट ६ - २ ले आफ्नो पक्षमा पारेपछि उनको क्वाटरफाइनल यात्रा पक्का भएको हो ।

गत वर्षको फ्रेन्च ओपन क्वाटरफाइनलमा पनि गौफ र स्वान्तेक आमनेसामने भएका थिए । अर्को खेलमा ट्युनिसियाकी अन्ज जबेरले अमेरिकाकी बर्नान्डा पेरलाई सोझो सेटमा पराजित गरिन् । सातौँ वरीयताकी जबेरले ६ - ३, ६ - १ को सहज जित निकालिन् । जबेर फ्रेन्च ओपनको क्वाटरफाइनल पुगेको यो पहिलो पटक हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.