नेपाल-मलेसियाबीच चौथो टी-ट्वान्टी : आज जिते नेपाल एक खेलअगावै च्याम्पियन

जेष्ठ २०, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाल-मलेसियाबीच चौथो टी-ट्वान्टी : आज जिते नेपाल एक खेलअगावै च्याम्पियन

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम र मलेसियाबीचको चौथो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल आज (शनिबार) हुँदै छ । नेपाल पाँच खेलको सिरिजमा दुई-एकले अघि छ ।

खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टिम लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ । यदि आज घरेलु टोलीविरुद्ध विजयी भए नेपाल एक खेलअगावै च्याम्पियन बन्नेछ ।

नेपालको सिनियर टिमका लागि पहिलो उपाधि जित्ने यो सुनौलो अवसर हो । नेपालले जारी सिरिजको पहिलो खेल ५ विकेटले गुमाएको थियो । त्यसपछिका दुई खेलमा भने उत्कृष्ट पुनरागमन गर्दा रुबिनाले अल राउन्ड प्रदर्शन गरेकी थिइन् ।

नेपालले दोस्रो खेल सात विकेट र तेस्रोमा २७ रनको जित हात पारेको थियो । मलेसिया भने सिरिज बराबरी गर्ने योजनामा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.