साबिक विजेता इगा स्वान्तेक फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा

जेष्ठ १९, २०८० |कान्तिपुर टीभी संवाददाता
साबिक विजेता इगा स्वान्तेक फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा

पेरिस । साबिक विजेता इगा स्वान्तेक फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छन् । उनले अमेरिकन क्लेयर लेउ सोझो सेटमा हराउँदै अघिल्लो चरणको यात्रा तय गरेकी हुन् ।

विश्व नम्बर एक स्वान्तेकले ६-४ र ६-० ले जितेकी हुन् । उनी चार वर्षमा तेस्रो पटक प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यमा छन् । स्वान्तेकले अब चीनकी वाङ सिन्युसँग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै विश्व नम्बर सात ओन्स जाबेरले घरेलु खेलाडी ओसियन डोडीनलाई हराइन् । अरेबियन जबेरले ६-२ र ६-३ ले खेल जित्दै अघिल्लो चरणको यात्रा तय गरेकी हुन् । जबेरले चाल्र्सटन ओपनको उपाधि जित्नु अघि घुँडाको सर्जरी गरेकी थिइन् । त्यसपछि मड्रिड ओपन भने तिघ्राको समस्याका कारण गुमाउन परेको थियो । रोनाल्ड ग्यारेासमा भने उनी राम्रो लयमा देखिएकी छन् ।

अब जबेरको प्रतिस्पर्धा ओल्गा ड्यानिलोभिचसँग हुनेछन् । ड्यानीलोभिचले इटालीकी जस्मिन पाओलीनीलाई ६-२ र सात पाँचले हराएकी हुन् । यस्तै अमेरिकी बर्नाडा पेरा पनि क्रोयशियन डोन्ना भेकीचलाई ३ -६ , ६-४ र ६-३ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेकी छन् ।

इक्याटरिना एलेक्सेन्द्रा पनि तेस्रो चरणमा प्रवेश गरेकी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.