फिफा यू-ट्‌वान्टी विश्वकप : इंग्ल्यान्ड अन्तिम १६ मा

जेष्ठ १२, २०८० |खेल ब्युरो
फिफा यू-ट्‌वान्टी विश्वकप : इंग्ल्यान्ड अन्तिम १६ मा

अर्जेन्टिना । इंग्ल्याण्ड, उरुग्वेलाई तीन-दुई गोलले हराउँदै फिफा यु ट्वान्टी विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । इंग्ल्यान्डले लगातार दोस्रो जित हात पार्दै अन्तिम १६ को यात्रा तय गरेको हो ।

२२ औं मिनेटमा बासिर हाम्प्रिसले गरेको गोलसँगै इंग्ल्याण्डले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा अल्फि डिभाइनले अग्रता दोब्बर बनाए । दोस्रो हाफ सुरु भएको मात्रै पाँच मिनेटमा फ्रान्को गोन्जालेज फर्नान्डेजले अन्तर घटाउँदै खेलमा र्फकन संकेत गरेका थिए । इन्जुरी समयमा डार्को ग्याबीले गोल गरेर इंग्ल्याण्डलार्इ तीन एकले अघि राखे ।

त्यसको चार मिनेटमा उरुग्वेका लागि माटियास अबाल्डोले गोल फर्काए पनि जितका लागि पर्याप्त भएन । यो जितपछि २०१७ को विजेता इंग्ल्याण्ड शीर्ष स्थानमा उक्लेको छ । पराजय भोगेको उरुग्वेको पनि अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै छ ।

यता समूह एफ अन्तर्गत भएको खेलमा फ्रान्स, गाम्बीयासँग दुई एक गोलको अप्रत्याशित पराजय ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । योंग स्कोरपियनले उपहार गोल मार्फत अग्रता लिएको थियो ।

१३ औं मिनेटमा फ्रान्सका टंगीले आफ्नै पेाष्टमा गोल गरेका थिए । ६१ औं मिनेटमा विल्सन वडोबर्टले बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि मामिम सनयाङले व्यक्तिगत प्रयासमा सानदार गोल गरेपछि गाम्बियाको जित सुनिश्चित भएको हो ।

यो जितपछि गाम्बीया अन्तिम १६ मा प्रवेश गरेको छ । उसको ६ अंक छ । फ्रान्सले भने खाता खोल्न सकेको छैन ।