इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले चेल्सीलाई ४-१ गोलले हरायो

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले चेल्सीलाई ४-१ गोलले हरायो

इंग्ल्याण्ड । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई चार एक गोलले हराएको छ । यो जितपछि युनाइटेडले आगामी सिजनका लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

ओल्ड ट्राफोर्डमा भएको खेलको छैटौँ मिनेटमा युनाइटेडले खाता खोलेको थियो । ब्राजिलियन भेट्रान कासमिरोले क्रिस्टयान इरिकशनको सहयोगमा गोल गरे । पहिलो हाफको इन्जुरी समयमा जेडोन सान्चोले दिएको पासमा एन्थोनी मार्सियलले गोल गरेर युनाइटेडको अग्रता दोब्बर बनाए । ७३ औँ मिनेटमा वेस्ले फोफानाले बु्नो फर्नान्डेजलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि युनाइटेडले पेनाल्टीको मौका पाएको थियो । जसमा ब्रुन आफैले गोल गरेर टिमलाई तीन शून्यले अघि राखे । 

७८ औँ मिनेटमा मार्कस ह्रासर्फडले गोल गरेर एरिक टेन हाखको टोली चार गोलले अघि रह्यो । निर्धारित समय सकिन मात्रै एक मिनेट बाँकी रहँदा जोआओ फेलिक्सले सान्त्वना गोल फर्काए । यो जितपछि युनाइटेड न्यु क्यासललाई उछिन्दै शिर्ष तीनमा उक्लेको छ । युनाइटेडको ३७ खेलबाट ७२ अंक छ । तर गएराति युनाइटेडलाई ठूलो घाटा समेत लागेको थियो । 

ब्राजिलियन विंगर एन्टोनी, ट्रेभो चालोभासँग जुध्न पुगेपछि चोट बोक्दै मैदानबाट बाहिरएका थिए । युनाइटेडको जितपछि चिर प्रतिद्धन्द्धी लिभरपुल भने शीर्ष चारको होडबाट बाहिरिएको छ । लिभरपुल आगामी सिजन युरोपा लिगमा सिमित हुनेछ । 

यता १० खेलमा ८ औँ पराजय भोगेको चेल्सी ४३ अंकसहित १२ औँ स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement