काभा भलिबल : नेपाल र कजाकस्तान फाइनल प्रवेशका लागि भिड्दै

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
काभा भलिबल : नेपाल र कजाकस्तान फाइनल प्रवेशका लागि भिड्दै

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा घरेलु टोली नेपाल र कजाकस्तान फाइनल प्रवेशका लागि भिड्दै छन् । यो खेल दिउँसो पाँचे बजे राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा हुनेछ ।

साबिक विजेता नेपाल लगातार तेस्रो पटक फाइनलमा प्रवेश गर्ने लक्ष्यमा हुनेछ । यस अघि अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपाल घरेलु कोर्टमा भने भारतसँग समूह चरणमा पराजित भएको थियो । दुई पटकको विजेता नेपालले आज कजाकस्तानलाई  हराएमा उपाधिका लागि फेरी भारतसँग नै प्रतिस्पर्धा हुनेछ । 

नेपालकी स्टार स्पाइकर प्रतिभा माली चोटका कारण मैदान बाहिर भएकाले नेपाली टिमले महत्त्वपूर्ण खेलमा निकै संघर्ष गर्नुपरेको छ । नेपाल समूह बीको उपविजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो । 

अपराजित कजाकिस्तान समूह बीको विजेता हो । समूह ए को विजेता भारत र समूह बीको उपविजेता उज्बेकिस्तान बीचको खेल पनि आजै हुनेछ । 

यो खेल दिउँसो साढे दुई बजेबाट सुरु हुनेछ । 

भारत जारी प्रतियोगितामा अपराजित  छ । लगातार चौथो जित हात पार्दै फाइनल प्रवेश गर्ने भारतको लक्ष्य हुनेछ । यता उज्बेकिस्तान समूह चरणको आफ्नो अन्तिम खेलमा कजाकस्तानसँग हारेपछि उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.