मुम्बई इन्डियन्स आईपीएलको क्वालिफायरमा

जेष्ठ ११, २०८० |कान्तिपुर टीभी संवाददाता
मुम्बई इन्डियन्स आईपीएलको क्वालिफायरमा

चेन्नाई । मुम्बई इन्डियन्स आईपीएलको क्वालिफायरमा प्रवेश गरेको छ ।

गएराति भएको एलिमिनेटरमा मुम्बईले लखनउ सुपर जायन्टसलाई ८१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । मुम्बईको जितमा आकाश मधवालले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए।

चेन्नाईस्थित चिदम्बरम स्टेडियममा टस जितेर ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रनको योगफल बनाएको थियो ।

मुम्बईको इनिङ्समा सबै ब्याटरको योगदान रह्यो । ओपनर तथा कप्तान रोहित शर्मा ११ र इशान किशन १५ रनमा आउट भएका थिए । टिम डेविडले १३ तथा क्यामरुन ग्रिनले ४१ रन जोडे । सूर्यकुमार यादवले ३३ र तिलक बर्माले २६ रन बनाएपछि लखनउले प्रतिस्पर्धात्मक लक्ष्य पाएको थियो । नभिन उल हकले ४ र यस ठाकुरले ३ विकेट लिए ।

जवाफमा लखनउ १६ ओभर ३ बलमा १ सय १ रनमा अल आउट भयो । कायल मेयर्सले १८, मार्कस स्टोनिसले सर्वाधिक ४० र दीपक हुड्डाले १५ रन बनाए । बाँकी खेलाडीले दोहोरो रन छुन सकेनन् । आकाशले ३.३ ओभरमा मात्र १५ रन खर्चिएर ५ विकेट लिएपछि लखनउको इनिङ्स कोल्याप्स भएको हो ।

अब मुम्बईले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग भोलि प्रतिस्पर्धा गर्नेछ । गुजरात पहिलो क्वालिफायर्समा चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो । चेन्नाई फाइनल पुगिसकेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.