बार्सिलोनालाई १५ अंकको अग्रता

चैत्र १९, २०७९ |कान्तिपुर टीभी संवाददाता
बार्सिलोनालाई १५ अंकको अग्रता

स्पेन । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले तालिकामा १५ अंकको अग्रता लिएको छ । गएराति भएको खेलमा बार्साले एल्चेलाई उसैको मैदानमा ४ - ० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

खेल सुरु भएको २० औँ मिनेटमा बार्साले अग्रता लिएको थियो । उसका लागि रोबर्ट लेवान्डोस्कीले पहिलो गोल गरेका हुन् । लिग लिडर बार्साले दोस्रो हाफमा तीन गोल थप्यो ।

५६ औँ मिनेटमा अंशु फातीले अग्रता दोब्बर बनाए । ६६ औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गेरपछि एल्चे ३ - ० ले पछि पर्‍यो ।

फरान टोरेसले ७० औँ मिनेटमा गोल गरेपछि बार्साले सहज जित हात पारेको हो । यो जितले बार्सा सन् २०१९ पछि पहिलो ला लिगा उपाधि नजिक पुगेको छ । बार्साको २७ खेलबाट ७१ अंक छ । उसलाई पछ्याइरहेको रियाल मड्रिडको २६ खेलबाट ५६ अंक छ । रेलिगेसन जोनमा रहेको एल्चेको १३ अंक छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.