एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी अन्तिम चरणमा

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एनएनआईपीए स्पोर्ट्स अवार्ड आयोजनाको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

संघले आज पत्रकार सम्मेलन गरी सोमबार अयोाजना हुने कार्यक्रमबारे जानकारी गराएको हो । संघले हरेक वर्ष नेपाल ओलम्पिक संघबाट आधिकारिकता पाएका विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई प्रोत्साहनका लागि यो अवार्ड प्रदान गर्दै आएको छ । यसपटक पनि ६ विधामा उत्कृष्ट हुने खेलाडी तथा पदाधिकारीलाई पुरस्कृत गर्ने संघले बताएको छ ।

२७ खेलमध्येका उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप १० हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट हुने महिला र पुरुष खेलाडीले जनही एक लाख नगद पाउने छन् । प्रतिभाशाली महिला र पुरुष खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ। अघिल्लो वर्ष गरेको प्रदर्शनलाई आधार मानेर खेलाडी छनोट गरिने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.