नटिङघममाथि न्यु क्यासलको पुनरागमन जित

चैत्र ४, २०७९
नटिङघममाथि न्यु क्यासलको पुनरागमन जित

लन्डन । इंग्लिस प्रिमियर लिगमा न्यु क्यासलले नटिङघम फरेस्टमाथि २ - १ गोलको पुनरागमन जित दर्ता गरेको छ । यो जितपछि न्यु क्यासलले शीर्ष चारमा रहने सम्भावना जिवितै राखेको छ ।

खेलको २६ औँ मिनेटमा घरेलु टोली नटिङघमले खाता खोलेको थियो । न्यु क्यासलका डिफेन्डर स्भेन बोटमनले गरेको गल्तीको फाइदा उठाउँदै इम्यानुयल डेनिसले चलाखीपूर्ण ढंगबाट गोल गरे । पहिलो हाफको निर्धारित समयमै न्यु क्यासलको दुई प्रहार पोस्टबारमा लागेर बाहिरिएको थियो । जो विल्लकले पोस्ट नजिकैबाट गरेको प्रहार बिफल भएपछि न्यु क्यासलले खेल बराबरी गर्ने मौका गुमाएको थियो ।

अन्तत: पहिलो हाफको इन्जुरी समयमा विल्लकको सहयोगमा एलेक्जेन्डर इसाकले भलि गोल गर्दै खेललाई बराबरीमा ल्याए । दोस्रो हाफमा अग्रता बनाउन न्यु क्यासललाई निकै संघर्ष गर्नु परेको थियो । इन्जुरी समयमा पाएको पेनाल्टीमा गोल गर्दै स्वीडिस स्ट्राइकरले न्यु क्यासललाई अंक बाँड्नबाट जोगाएका हुन् । मुसा न्याक्याटीले पेनाल्टी एरियामा ह्यान्डबल गरेपछि पाएको पनोल्टीमा उनले सहज गोल गरेका हुन् ।

यो जितपछि न्यु क्यासलले २६ खेलबाट ४७ अंक बनाएको छ । न्यु क्यासल शीर्ष चारभन्दा एक अंकले पछि छ । नटिङघम १४ औँ स्थानमा छ । उसको २७ खेलबाट २६ अंक छ । न्यु क्यासल रेलिगेसन जोनभन्दा दुई अंकले माथि छ ।