रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमन

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमन

पोर्चुगल । पोर्चुगलका नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो आगामी युरो छनोटमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई समावेश गरेका छन् ।

युरो २०२४ को छनोटअन्तगर्त पोर्चुगललले यही महिना लिकटेन्स्टाइन र लक्जमबर्गसँग खेल्ने तालिका रहेको छ । कतार विश्वकपको क्वाटरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि धेरैले रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमनमा शंका गरेका थिए ।

विश्वकपमा मोरोक्कोसँग १ - ० गोलले हारेपछि पोर्चुगलको यात्रा अन्तिम ८ मै रोकिएको थियो । त्यसपछि प्रशिक्षक फर्नान्डो सान्तोसलाई प्रतिस्थापन गरेका मार्टिनेजले पोर्चुगलको नयाँ स्क्वाडमा उनलाई समावेश गरेका हुन् । उनले रोनाल्डो टिमको सबैभन्दा महत्वपूर्ण सदस्य भएको बताएका छन् । आफूले खेलाडीको उमेर नहेर्ने बताएका मार्टिनेजले रोनाल्डोको अनुभव टिमका लागि उपयोगी हुन बताएका छन् ।

पोर्चुगलले आगामी २३ मार्चमा लिकटेन्स्टाइनलाई घरेलु मैदानमा स्वागत गर्ने तालिका छ । त्यसको तीन दिनपछि उसले लक्जमबर्गको भ्रमण गर्नेछ ।

रोनाल्डो पोर्चुगलका सर्वाधिक गोलकर्ता हुन् । उनले राष्ट्रियबाट एक सय ९६ खेल खेल्दा एक सय १८ गोल गरेका छन् । ३८ वर्षीय रोनाल्डो हाल साउदी प्रो लिग क्लब अल नासरमा छन् । उनले अल नासरबाट ९ खेलमा ८ गोल गरिसकेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.