६ विकेटको जितसँगै यूएईविरुद्धको एकदिवसीय शृंखला नेपालको पोल्टामा

मंसिर २, २०७९ |कान्तिपुर टीभी संवाददाता
६ विकेटको जितसँगै यूएईविरुद्धको एकदिवसीय शृंखला नेपालको पोल्टामा

काठमाडौं । नेपालले यूएईविरुद्धको तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा निर्णायक खेलमा जित निकाल्दै नेपालले शृंखला कब्जा गरेको हो ।

नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै शृंखलामा २-१ को नतिजा निकालेको हो । यूएईले दिएको १७७ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभर १ बलमा ४ विकेट गुमाएर १८० रन बनायो ।

नेपालका आसिफ सेखले अर्धशतकीय इनिङ खेल्दै सर्वाधिक ८८ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले पनि अर्धशतक पूरा गर्दै ६४ रनको योगदान गरे । ओपनर अर्जुन साउँद भने ९ रनमा क्याचआउट हुँदा कप्तान रोहित पौडेल १० रन बनाएर आउट भए ।

त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७६ रन बनाएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.