नेपाललाई यूएईले दियो १७७ रनको लक्ष्य

मंसिर २, २०७९ |कान्तिपुर टीभी संवाददाता
नेपाललाई यूएईले दियो १७७ रनको लक्ष्य

काठमाडौँ । यूएईले नेपाललाई जितका लागि १ सय ७७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

नेपालको कसिलो बलिङबीच यूएईका अन्य ब्याट्सम्यान चल्न नसकेपनि आयन अफ्जल खानले उत्कृष्ट प्रदर्शन गरे । उनले अर्धसतक पूरा गर्दै सर्वाधिक ५४ रन बनाए ।

आठौँ नम्बरको ब्याटरका रुपमा मैदान छिरेका उनले सम्हालिएको प्रदर्शन गर्दै टिमको लागि मध्यम स्कोर खडा गर्न सफल भए । कुनै समय ३३ ओभर खेल्दा यूएईले ९ विकेट गुमाइसकेको अवस्था थियो ।

यस्तै, अलिशान शरफुले ३३ रन जोड्दा रोहन मुस्तफाले २४ रनको योगदान गरे । यूएईका सुरुवाती ओपनर मुहम्मद वासिम ११ रनमा क्याचआउट हुँदा अर्का ओपनर भृत्य अरविन्द सून्य रनमै मैदान बाहिरिए ।

यस्तै, हजरत बिलालले २०, रिजवानले ४, बसिल हमिदले ८, विष्णु सुकुमरनले २ रन बनाए ।

नेपालेको आक्रामक सुरुवाती बलिङका कारण पाँच ओभरमै यूएईले ३ विकेट गुमाएको थियो ।

नेपालका गुल्सन झा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले २–२ तथा सोमपाल कामी र ललित राजवंशीले १–१ विकेट लिए ।

तीन एकदिवसीय खेलको शृंखलामा १–१ बराबरी छ । आजको खेलमा जित निकाल्दै शृंखला कब्जा गर्ने नेपालको दाउ छ । पहिलो खेल यूएईले ८४ रनले जितेको थियो भने दोस्रो खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.