दाङका किसानलाई सखरखण्ड खन्ने चटारो

माघे संक्रान्तिको चटारो
पुस २४, २०८२ |अमर क्षितिज भण्डारी
दाङका किसानलाई सखरखण्ड खन्ने चटारो

दाङ । माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा दाङका किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ न भ्याइ छ । दाङको राजपुर गाँउपालिकाका ३ र ४ नम्बर वडाका २ सय भन्दा बढि किसानले सखरखण्ड खेती गर्ने गरेका छन् भने यो सिजनमा सखरखण्ड बिक्रि गरी २ करोड रुपैयाँभन्दा बढि गाँउमा भित्र्याउने तयारी गरेका छन् ।

देउखुरीको राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो बिहान पुष महिनाको चिसो सिरेटोको कुनै मतलब नराखी किसानहरु फरुवा चलाउदै सखर खण्ड निकाल्न ब्यस्त छन् । कोही बोटबाट सखरखण्ड खन्दै कोही टिप्दै र थुपार्दै छन् भने कोही बजार पठाउनका लागि बोरामा भर्दै छन् । घरका परिवारले मात्रै नभ्याउने भएपछि अन्य कामदार लगाएर किसानहरु सखरखण्ड खनिरहेको राजपुर -३  दाङ रामेछाेर यादब माघेसङ्क्रान्तिमा सखरखण्ड खाने चलन रहेकाले बजारमा सखरखण्डको व्यापार बढ्दै गएको छ । 

माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा सखरखण्ड खेती गर्ने किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ न भ्याइ छ । समयमै सखरखण्ड खनेर बजारसम्म पु¥याउन सके राम्रो मुनाफा हुने भएकाले किसानले सखरखण्ड खन्दै बिक्री गर्ने काम गरिरहेको राजपुर-३ दाङका सीता यादब बताउनुहुन्छ ।

राजपुर गाँउपालिकाका ३ र ४ नम्बर वडाका २ सय भन्दा बढि किसानले एक दुइ कठ्ठादेखी तिन चार बिगाहासम्म सखरखण्डको खेती गर्ने गरेका छन् । एउटा किसानले थोरैमा २०÷२५ हजार देखी बढिमा ५-६ लाखसम्म यही समयमा सखरखण्ड बेचेर आन्दानी गर्छन भने २ करोड बढि पैसा गाँउ भित्रिन्छ । सखरखण्ड लिनका लागि व्यापारी बारीमै पुग्छन । गतवर्ष ५० देखी ५५ रुपैयाँमा खरखण्ड बिक्रि गरेका किसानले यसवर्ष ४० देखी ४५ रुपैयाँ प्रतिकिलोका दरले सखरखण्ड बिक्रि गरिरहेका छन् । बिक्रीका लागि समस्या नभएपनि बिचौलिका कारण उचित मुल्य नपाएको राजपुर-३ दाङका किसान रामप्रताप यादब बताउनुहुन्छ । 

कम मेहनत र लगानीमा छोटो समयमा राम्रो आम्दानी हुने सखरखण्ड भदौको मनिामा रोपिन्छ भने पुसको दोस्रो साताबाट खन्न शुरु हुन्छ । देउखुरी राजपुरमा उत्पादन भएको सखरखण्ड दाङका लमही, घोराही, तुलसीपुर बजारका साथै वुटवलदेखी कोहलपुर र सुर्खेतसम्म पुग्ने गरेको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।