
धनुषा । पक्षघातले ग्रसित धनुषाकी ७० वर्षीया लक्ष्मीदेवी क्षेत्रीले वंशज नागरिकताको प्रतिलिपि पाउनुभएको छ । रामेछापको तात्कालीन चिसापानी गाउँपञ्चायत स्थायी घर भई पछिल्लो चार दशकदेखि जनकपुरधाममा बस्दै आउनुभएकी क्षेत्रीलाई जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार नागरिकताको प्रतिलिपि उपलब्ध गराएको हो । २ वर्ष लामो प्रयास उहाँले नागरिकताको प्रतिलिपि प्राप्त गर्नुभएको हो ।
चुरोट कारखानामा कार्यरत रहेका पतिपत्नीको कर्मचारी परिचयपत्र, दुवै जनाको पुरानो नागरिकताको फोटोकपी, नागरिकता प्रतिलिपिका लागि वडा कार्यालयको सिफारिस, जिल्ला प्रशासन कार्यालयको पत्रको आधारमा वडाध्यक्षको रोहबरमा पाँच जनाले आ-आफ्नो नागरिकताको प्रतलिपि बुझाएर सहिछाप गरिदिएको प्रहरी सर्जमिन मुचुल्का, पतिको मृत्य दर्ता, बसाइँसराइ दर्ता प्रमाणपत्र र धनुषाबाट छोराले प्राप्त गरेको वंशज नागरिकता जस्तो प्रमाण हुँदा-हुँदै पनि स्थानीय प्रशासनले नागरिकताको प्रतिलिपि दिन मानेको थिएन ।
शरीरमा पक्षघात, प्रमाणको खात र नागरिकताको प्रतिलिपि खोज्दा रित्तो हात शीर्षकको समाचार कान्तिपुर टेलिभिजनले प्रशारण गरेपछि क्षेत्रीलाई प्रशासनले नागरिकताको प्रतिलिपी उपलब्ध गराएको हो ।