सुटकेशमा महिलाको शव भेटियो

भाद्र ८, २०८२ |राजेश्वर पाण्डे
सुटकेशमा महिलाको शव भेटियो

रौतहट । रौतहटको गौर–गंगापिपरा सडक खण्डको मुडवलवा मोड नजिक सुटकेशमा महिलाको शव फेला परेको छ।

गौर नगरपालिका ९ सिर्सिया नजिक शनिवार राति डोरीले बेरिएको सुटकेश स्थानीयहरुले देखेपछि प्रहरीलाई गरेका थिए । प्रहरीले उक्त सुटकेश खोलेर हेर्दा महिलाको शव फेला परेको हो ।सुटकेसमा डोरीले बाँधिएको अवस्थामा भेटिएको शव रौटहटको माधवनारायण नगरपालिका- २ महादेवपट्टी माइती भएकी २६ वर्षीया रुवीकुमारी साहको रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार साहको भारत मुज्जफरपुरमा विवाह भएको थियो । उनी हाल माइतीमा बस्दै आएकी थिइन् । उनी हिजो साँझ ६ बजे देखि सम्पर्कबिहिन बनेको पारिवारिक श्रोतले जनाएको छ l ब्युटीपार्लर जान्छु भनेर हिडेकी उनी ६ बजे पछि सम्पर्कबिहिन थिइन् l शव गएराति गौर नगरपालिका- ९ स्थित गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेटनजिकै भेटिएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।