रुपन्देही । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा खैरहनी नगरपालिका चितवन देशकै पहिलो उत्कृष्ठ स्थानीय तहका रुपमा छनौट भएको छ । आर्थिक वर्ष २०८०/ ०८१ को कार्यसम्पादनमा रुपन्देहीको तिलोत्तमा नगरपालिका दोस्रो उत्कृष्ठ नगरपालिका बनेको छ । तेस्रोमा नीलकण्ठ नगरपालिका धादिड भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रकाशन गरी जानकारी गराएको हो ।
तिलोत्तमा नगरपालिका अघिल्ला २ आर्थिक वर्षमा पनि दोस्रो स्थानमा परेको थियो । स्थानीय तहको कार्यप्रकृया र उपलब्धीको लेखा जोखा गरी शासकिय प्रकृया र विकास व्यवस्थापनमा सुधार गर्न स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिएको छ ।
तिलोत्तमा नगरपालिका देशमै नयाँ विकासका योजना कार्यान्वयन गर्न र प्रशाशनिक चुस्तता ल्याउने पालिका मानिन्छ । जसले नियमित रुपमा हरित अभियान, सरसफाइ अभियान समेत चलाइरहेको छ ।