धार्मिक पर्यटकीय गन्तव्य बनाउन सिद्धलेकमा सप्ताह

भाद्र १, २०८२ |पोषनाथ अधिकारी
धार्मिक पर्यटकीय गन्तव्य बनाउन सिद्धलेकमा सप्ताह

धादिङ । धादिङको सिद्धलेक ७ बैरेनी डाँडामा श्रीमदभागबत सप्ताह ज्ञान महायज्ञ आरम्भ भएको छ । स्थानीय पशुपति मन्दिर व्यवस्थापन समितिले वैरेनी डाँडालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन त्यस क्षेत्रको विकास गर्ने उदेश्यले महायज्ञ लगाईएको हो ।

पछिल्लो समय मानिसहरुमा अनुसासन, धार्मिक विश्वासमा कमी हुँदै गएको बेला समाजलाई सकारात्मक उर्जा प्रदान गर्ने र यज्ञमा उठेको दानबाट वैरेनीडाँडालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन आवस्यक पर्ने कार्य गर्ने उदेश्य रहेको सोहि वडा अध्यक्ष सानु गिरीले बताउनु भयो ।

यज्ञले एकातिर संकृतिको जगेर्ना हुन्छ भने अर्कोतर्फ स्थानीयतहमा विकासे रकम कम भएको वेला स्थानीय बासिन्दा कै सहयोगमा विकास निर्माणमा समेत योगदान पुग्ने विश्वास लिईएको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।