पाल्पा । नेपाल-अंग्रेज युद्धको सम्झनामा भाद्र कृष्णनवमीका दिन निकालिने भगवती खटयात्राको पुर्वसन्ध्यामा शनिबार मध्यरातमा १५ हजार बढी श्रद्धालुले मन्दिरमा भगवतीको दर्शन गरेका छन् ।
पाल्पाको तानसेन भगवतीटोलमा अवस्थित मन्दिरमा मध्यरातमा भगवतीको जयजयकारसहित सयौं श्रद्धालुको सहभागीता रहेको हो । मध्यरातमा भगवतीको दर्शन गर्ने र नवमीका दिन नगरपरिक्रमा गराइने रथलाई तीन पटकसम्म मन्दिर घुमाउादा जाग्राममा सहभागी हुन मन्दिर परिसरमा १५ हजार बढी श्रद्धालुले सहभागिता जनाएको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिनुभएको छ ।
मध्यरातमा भगवती मन्दिरमा श्रद्धालुको भीड थेगिनसक्नु रहेको थियो । तानसेन बजार क्षेत्रमा आतिसवाजीका साथै लाखे नाचको रौनकले मध्य रातसम्म भीड घटेको थिएन । नेपाल-अंग्रेज युद्धमा तत्कालीन कर्णेल उजीरसिंह थापाले नुवाकोट जितगढी किल्ला विजयी गरेको सम्झनामा भगवतीको खटयात्रा २०६ वर्षदेखि निरन्तर निकालिादै आएको छ ।
कृष्णअष्टमीको मध्यरातमा पुजाआजासहित राागो, बोका लगायतका बलि दिएपछि तीन पटक भगवतीको खटलाई मन्दिर परिक्रमा गराएपछि मन्दिर अगाडि राख्ने प्रचलन छ । कृष्ण नवमीका दिन साइत अनुसार पुजा गरेर रथलाई पुनः तीनपटक मन्दिर घुमाएर कर्णेली पुजा दिएपछि तानसेन बजार क्षेत्रमा खटयात्रा गर्ने प्रचलन छ । राष्ट्रियतासंग जोडिएको रणउजिरेश्वरी भगवतीको तत्कालीन पाल्पाका तैनाथवाला कर्णेल उजीरसिंह थापाले ब्रिटिस साम्राज्यको आक्रमणबाट पाल्पाको नुवाकोट जीतगढीमा जोगाएको सम्झनामा खटयात्रा निकालिादै आएको छ ।
युद्धमा जानुअघि भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप खुशीयालीमा भगवतीको खटयात्रा विक्रम सम्वत् १८७७ देखि बजार परिक्रमा गराउन सुरू गरिएको हो । युद्धमा विजयी पश्चात् विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीन तले मन्दिर पूरा गरेका थिए । कर्णेल उजीरसिंह थापा नेतृत्वको फौजले विक्रम सम्बत् १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज सेनालाई पराजित गरेका हुन् ।