संखुवासभामा विपद् प्रतिकार्यको पूर्व अभ्यास

जेष्ठ २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
संखुवासभामा विपद् प्रतिकार्यको पूर्व अभ्यास

स‌ंखुवासभा । बाढी तथा पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समिति संखुवासभाले विपद् तयारीको पूर्व अभ्यास गरेको छ । 

खाँदबारीको टुँडिखेलमा आज गरिएको सेनाको इन्द्र दल गुल्म, प्रहरी र सशस्त्र प्रहरीले पहिरो गएपछिको उद्धार र राहत वितरणकका बारेमा पूर्व अभ्यास गरेको थियो । यस वर्ष अधिक वर्षा हुने र संखुवासभाका धेरै स्थानमा विपद् निम्तन सक्ने अनुमान भएकाले सम्भावित पहिरो र बाढी ग्रस्त क्षेत्रमा नागरिकको छिटोभन्दा छिटो उद्धार तथा जोखिम नियन्त्रणका लागि पूर्वतयारी स्वरूप नमुना अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेलले बताउनुभयो । 

विपद्को पूर्वतयारी अभ्यासमा नेपाली सेना, रेडक्रस र अग्नि नियन्त्रकको सहभागिता रहेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.