‘खान पुगोस् दिन पुगोस्’ अभियानद्वारा बैतडीमा ३२ विद्यार्थीलाई विद्यालय पोसाक वितरण

जेष्ठ १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘खान पुगोस् दिन पुगोस्’ अभियानद्वारा बैतडीमा ३२ विद्यार्थीलाई विद्यालय पोसाक वितरण

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाको एक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको छ । समाजसेवी तथा युवा व्यवसायी घनश्याम भट्ट नेतृत्वको 'खान पुगोस् दिन पुगोस' अभियान अन्तर्गत पहाडी जिल्लामा सुरु गरेको 'विद्यार्थीसँग हामी' कार्यक्रम अन्तर्गत शुक्रबार पुर्चौडी नगरपालिका- ८ को रत्न आधरभूत विद्यालय रत्नपुरमा अध्ययनरत ३२ जना बालबालिकाहरूलाई विद्यालय पोसाक हस्तान्तरण गरिएको हो ।

‘खान पुगोस् दिन पुगोस्’ अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेशका पडाडी जिल्लाका विकट बस्तीका गरिब, विपन्न, दलित वर्गलाई लक्षित गरी ‘विद्यार्थीसँग हामी’ कार्यक्रम अन्तर्गत अध्ययनरत ३२ बालबालिकालाई ट्र्याकशुट वितरण गरिएको खान पुगोस् दिन पुगोस् अभियानका संयोजक घनश्याम भट्टले बताएका छन् ।

सरकारी स्कुलप्रति समाजको सकारात्मक सोच रूपान्तरण गर्ने उद्देश्यले स्वदेश तथा विदेशमा रहकाले सानो सानो सहयोग जुटाउने अभियान गरेको र जुटेको सहयोगबाट गरिब विपन्न वर्गलाई सहयोग गर्न यो अभियान थालिएको संयोजक भट्टले बताएका छन् ।

स्वःस्फूर्त रूपमा सहयोग संकलन गरेर तराईको जिल्लाबाट विकट क्षेत्रमा रहेको आफ्नो विद्यालयमा पुगेर विद्यार्थीलाई विद्यालय पोसाक सहयोग गरेको प्रति विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर धानुकले धन्यवाद प्रकट गरे ।

पोसाक वितरण कार्यक्रममा पुर्चौडी नगरपालिका-८ का वडाध्यक्ष वीरबहादुर बोहरा, स्कुलका अध्यक्ष सुरेन्द्रबहादुर धानुक, समाजसेवी मोहनबहादुर विष्ट, इश्वरी विष्ट, साबु राना, छविलाल लामिछाने, शिव धामी लगायत अभिभावकहरूको पनि सहभागिता रहेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.