माथिल्लो डोल्पाका किसानलाई बाली लगाउने चटारो

जेष्ठ १, २०८२ |सरोज थापा
माथिल्लो डोल्पाका किसानलाई बाली लगाउने चटारो

डोल्पा । माथिल्लो डोल्पामा बाली लगाउने समय सुरु भएको छ । डोल्पो बुद्ध गाउँपालिकाको धो, कलाङ्ग, टाक्सी, तिन्जे, सिमेन, छार्का ताङ्सोङ्ग गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिकाका विभिन्न स्थानका गाउँ बस्तीमा खेती सुरु गरिएको हो । 

करिब २ हप्तासम्म यसरी चौरी गाई (याक) हरु बाट जोतेर बाली लगाइन्छ ।

वर्षमा एक पटक मात्र खेती गरिने माथिल्लो डोल्पामा आलु, उवा, जौ र फापर मात्र उब्जनी हुनेगर्छ । समुद्र सतहबाट ४१ सय मिटरदेखि ४३ सय ७० मिटरको उचाइसम्म यो समयमा खेती गरिन्छ ।

यार्चागुम्बुको समय नजिकिँदै गर्दा माथिल्लो डोल्पाका नगरिकलाई खेतिपाती लगाएर उच्च हिमाली यार्चा पाटनतिर जान हतारो भएको छ ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।