नेपाली महिलालाई यौन तथा कठोर श्रम शोषणमा लगाउने क्रम नरोकिएको अभियान्ताहरूकाे भनाइ

वैशाख १८, २०८२ |जे पाण्डे
नेपाली महिलालाई यौन तथा कठोर श्रम शोषणमा लगाउने क्रम नरोकिएको अभियान्ताहरूकाे भनाइ

नेपालगन्ज । महिला बेचबिखन नियन्त्रण अभियानमा संलग्न सामाजिक अभियान्ताहरूले महिला बेचबिखन जस्तो मानवताविरुद्धको अपराधमा संग्लन समूहले सिमा क्षेत्रबाट विदेश लगेर नेपाली महिलालाई यौन तथा कठोर श्रम शोषण जस्ता कार्यमा लगाउने क्रम नरोकिएको बताएका छन ।

नेपालगन्जमा भएको महिला बेच बिखन नियन्त्रण कार्यक्रममा नेपाल-भारत दुबै देशका सामाजिक अभियन्ताहरूले विदेशी महिलालाई नेपाल ल्याउने र यहाँबाट पुन:  भारतीय मार्ग हुँदै विभिन्न देशमा लगेर बिक्री गर्ने गिरोह सक्रिय भएकाले नियन्त्रण कार्य चुनौतीपूर्ण बन्दै गएको बताएका छन । 

 उनीहरूले विदेशमा मात्र नभइ नेपालकै विभिन्न सहरमा महिलालाई यौन कार्यका लागि बिक्री गर्ने गरेको फेला पर्दा समेत नियन्त्रण प्रयास नभएको गुनासो गरेका छन । 

 महिला बिक्री गर्ने दाललको सञ्जाल ठूला होटल र क्यासिनो सम्म भएकाले त्यस्तो ठाउँमा सुरक्षा निगरानी बढाउन आग्रह गरेका थिए । नेपालगन्जमा शक्ति समूहले सार्वजनिक गरेको एक तत्थ्याङक अनुसार सन् २०२४मा उद्धार गरिएका १ हजार ४ सय ५५ जना महिला मध्य ४ सय ३१ जना जोखिमा युक्त अवस्थामा थिए ।  


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।