जोन्टा क्लब काठमाडौंद्वारा प्रेरणादायी महिलाहरू सम्मानित

चैत्र ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
जोन्टा क्लब काठमाडौंद्वारा प्रेरणादायी महिलाहरू सम्मानित

काठमाडौं । जोन्टा क्लब काठमाडौंले महिलाहरूको असाधारण उपलब्धिलाई मान्यता दिँदै विश्वव्यापी अन्तर्राष्ट्रिय महिला दिवसलाई पहेँलो गुलाब दिवसको रूपमा मनाएको छ । जोन्टा क्लबले यस कार्यक्रमअन्तर्गत असाधारण महिलाहरूलाई सम्मान गरेको छ । 

जसले सम्बन्धित क्षेत्रमा अमिट छाप छोडेका छन् भने युवती र महिलाहरूलाई आफ्नो सपना पछ्याउन प्रेरित गरिरहेको छ ।

कार्यक्रममा जोन्टा क्लब काठमाडौँकी अध्यक्ष बिना राणाले भनिन्, 'पहेँलो गुलाब दिवस नेतृत्व र लैङ्गिक समानताको अथक प्रयासको उत्सव हो। यस वर्षको आईडब्लूको अभियानको विषयवस्तुसँग मेल खाँदै, हामी नेपालका असाधारण महिलाहरूलाई सम्मान गर्छौं । जसले अवरोधहरू तोड्दै, चुनौतीपूर्ण मान्यता राखेका छन् । आफ्नो घर, कार्यस्थल र समुदायमा परिवर्तनलाई प्रेरित समेत गरेका छन्।'

कार्यक्रममा बिभिषा माथेमा श्रेष्ठ, बिनिता अधिकारी, सुनिता चिदिमार, अरिका गुरुङलाई अनसङ हिरो पुरस्कार प्रदान गरिएको छ । यस्तै पलेशा गोवर्धनलाई अमर राणा गेम चेन्जर अवार्ड प्रदान गरिएको छ । एयरोस्पेसमा महिलाहरूका लागि इन्द्रकला छात्रवृत्ति- २०२५ बाट अंकिता भट्टराई सम्मानित भएकी छन । 

यस्तै व्यवसायमा महिलाका लागि ज्योति छात्रवृत्ति-२०२५ बाट ओशिका श्रेष्ठ सम्मानित भएकी छन । अनुपा बराललाई स्टेममा महिलाहरूका लागि ज्योति छात्रवृत्तिबाट सम्मानित गरिएको छ । स्मृति कुँवर सार्वजनिक मामिलामा युवा महिलाहरूको लागि इन्द्रकला छात्रवृत्तिबाट सम्मानित गरिएको छ ।

पत्रकारिता र वकालतमा योगदान पुर्‍याएकोमा 'लिडरशिप इन मिडिया' अवार्डले तीन प्रतिष्ठित महिला सम्पादकलाई समेत सम्मान गरेको छ । जसमा लैङ्गिक तथा सामाजिक समावेशीकरणका लागि बबिता बस्नेत, जलवायु परिवर्तनका लागि सोनिला अवाले र व्यवसाय र वित्तका लागि चारु चड्ढा अवार्ड प्रदान गरिएको छ ।

यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको नारा 'सबै महिला र केटीहरूको लागि: अधिकार, समानता, सशक्तिकरण,' ले सबै महिला र युवतीहरूका लागि समान अधिकार, शक्ति र अवसर अनलक गर्न सामूहिक कार्यको आवश्यकतालाई जोड दिएको छ । 

यसले युवाहरूलाई विशेष गरी युवती र किशोरीलाई भविष्यको प्रमुख चालकको रूपमा सशक्तिकरणको महत्त्वलाई प्रकाश पार्नेछ।

यी पुरस्कारहरूमार्फत जोन्टा क्लब काठमाडौंले महिला र युवतीका लागि राम्रो संसार निर्माण गर्ने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि समेत गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement