जनकपुर । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको मिथिला मध्यमा परिक्रमा आज जनकपुरधाम आई पुगेका छन् ।
मिथिला विहारी तथा किशोरीजीको डोलाको नेतृत्वमा नेपाल र भारतको झण्डै १ सँय ३३ किलो मिटरको १४ दिने पदयात्रा पुरा गरि श्रद्धालु भक्तजनहरु आज जनकपुरधाम आईपुगेका हुन् ।
नेपाल र भारतको धार्मिक सास्कृतिक सेतुको रुपमा रहेको मिथिला मध्यमा परिक्रमा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै आफुले चिताएको कुरा प्राप्ती हुने, पापबाट मुक्ति पाउने, रोग व्याधि निको हुने र जीवनको अन्तयमा स्वर्ग प्राप्ती हुने जनविश्वासको आधारमा यस पदयात्रामा बर्षेनी हजारौ साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुभक्तजनहरु सहभागि हुँदै आएका छन् ।
प्राचिन मिथिलाको राजधानी जनकपुरधाम आईपुगेका पदयात्रीहरु गंगासागर, धनुषसागर लगायतका पवित्र सरोवरहरुमा स्नान गरि विभिन्न मठमन्दिरहरुमा दर्शन गर्ने चलन रहेको छ । जनकपुरधामको अन्तरगृह परिक्रमा संगै यो एतिहासिक पदयात्रा बिधिवतरुपमा भोलि समापन्न हुने छ ।
धार्मीक आस्थाको धरोहर जनकपुरधाम पुराएपछि मिथिला परिक्रमालाई मर्यादित र व्यवस्थीत बनाउन जनकपुरधाममा बुधवार रातिदेखि शुक्रबार मध्यान्नह १२ बजेसम्मका लागी स्थानीय प्रशासनले मांसमदिरा ब्रिकीमा रोक लगाइएको छ ।