बैतडी । लेनदेन विवादमा बैतडीमा गोली प्रहार हुँदा एक युवकको मृत्यु भएको छ ।
छिमेकको दाजु नाता पर्नेको गोली प्रहारबाट घाइते भएका दोगडाकेदार गाउँपालिका-८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
स्थानीय ४५ वषीर्य कर्णबहादुर बिष्टले सुरेन्द्रलाई आफ्नै घरमा रहेको बन्दुक प्रहार गरेका थिए । घाइते सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल बैतडी लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले बताउनुभयो ।
शनिबार राति करिब ८ बजे लेनदेनका विषयमा कर्णबहादुर र सुरेन्द्रबीच गाउँमै विवाद हुदाँ कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । गोली प्रहार गर्ने कर्णबहादुर फरार छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।