मिटरब्याज पीडितहरुले जनकपुरधामबाट पुनः आन्दोलन सुरु गर्दै

माघ १३, २०८१ |अमरकान्त ठाकुर
मिटरब्याज पीडितहरुले जनकपुरधामबाट पुनः आन्दोलन सुरु गर्दै

धनुषा । मिटरब्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनकपुरधामबाट जनजागरण अभियान सञ्चालन गर्दै पुनः आन्दोलन सुरु गर्ने भएका छन् ।

मिटरब्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले माघ १४ देखि जनकपुरधामबाट जनजागरण अभियान सुरु गर्न लागेको हो । मिटरब्याजविरुद्ध किसान-मजदुर आन्दोलनका अध्यक्ष अवधेश कुशवाहाले  मिटरब्याजविरुद्ध आन्दोलनको विस्तार गर्दै अभियानलाई अघि बढाइने बताउनु भयो । 

मिटरब्याज विरूद्ध देशभरिमै ६० हजार निवेदन परेको भए पनि अहिलेसम्म १० प्रतिशत पनि पीडितको मुद्दा समाधान नभएको मिटरब्याज पीडितहरुको गुनासो छ । 

मिटरब्याज पीडितहरूको मुद्दा राज्यको प्राथमिकतामा नपरेको र यही स्थिति रहे आन्दोलनको रूप परिवर्तन गर्ने कुशवाहाले चेतावनी दिनुभयो । सरकारसँग तीन चरणको वार्ता भए पनि सम्झौताका विषय कार्यान्वयन नहुँदा चौथो चरणको आन्दोलनको तयारी थालिएको पीडितहरूको भनाइ छ ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement