नेपालीको औषत आयु ६० वर्ष : राष्ट्रिय तथ्यांक कार्यालय

वैशाख २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालीको औषत आयु ६० वर्ष : राष्ट्रिय तथ्यांक कार्यालय

काठमाडौं । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार ८० प्रतिशत नेपाली ६० वर्षसम्म बाँच्न सक्ने निष्कर्ष निकालिएको हो । 

नेपालमा महिला भन्दा पुरूषको मृत्युदर बढी रहेको पनि तथ्यांक कार्यालयको निष्कर्ष छ । एक हजार जना महिलाको मृत्यु हुँदा पुरुषको मृत्यु दर १ हजार ३ सय ७६ जना देखिएको हो । सन् २०५० सम्ममा विश्वभरी औषत आयु ७७ दशमलव १ वर्ष हुनेछ । 

जुन अधिकांश मान्छे बुढो हुने प्रक्षेपण हो । नेपालमा २०६८ सालमा ६० वर्षभन्दा बढी उमेर समूहको जनसंख्या ८ दशमलव एक प्रतिशत थियो । तर त्यो अहिले बढेर १० दशमलव २ प्रतिशत पुगेको छ । २१११ सालसम्म नेपाल बुढौली समाजमा रुपान्तरण हुने राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ ।

तथ्यांक कार्यालयको अध्ययनले नेपालमा कम्तिमा एक लाख जनाले बोल्ने भाषा २१ वटा रहेको देखाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.