कोहलपुर नगरपालिकाका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

वैशाख २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोहलपुर नगरपालिकाका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

काठमाडौं । भूमि समस्या समाधान आयोगले बाँकेको कोहलपुर नगरपालिकाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेको छ । 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कोहलपुर नगरपालिका-१ का भूमिहीनहरू मध्ये शनिबार ७१ जनालाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गर्नु भएको हो ।

घरबासका लागि कतै जग्गा जमिन समेत नभएका भूमिहीनहरूले लामो प्रतिक्षापछि जग्गाधनी दर्ता प्रमाण पूर्जा प्राप्त गर्दा धेरै जसो भूमिहीनहरूले खुसी व्यक्त गरेका छन । एक कठ्ठा जमिन भएपनि आफनो नामको जग्गाको मालिक बन्न पाएकाले खुसी भएको उनीहरूकाे भनाइ छ ।

लालपूर्जा वितरण गर्दै मन्त्री अधिकारीले अहिलेसम्म आयोगमा बुझाएको फारमका आधारमा बाँकेमा ६ हजार ७ सय ९८ घर परिवार भूमिहीन र ४३ हजार २ सय २६ अव्यवस्थित सुकुम्बासी भएको जानकारी दिनुभयो । 

आयोगले उनीहरू मध्ये छनोट भइसकेका परिवारलाई मात्र लालपुर्जा वितरण गर्न थालेको हो । आयोगले जग्गा प्राप्तीका लागि अवेदन दिन वा फारम भर्न छुट भएकाहरूलाई पुन आवेदन फारम भर्ने अन्तिम अवसर दिने भएको छ ।

देश भरको भूमिहीनको समस्या समाधान गर्ने गरि गठित भूमि आयोगले प्रतिपक्षीको बिरोध र अवरोधका कारण अध्यादेशद्वारा भूमि ऐन ल्याउन नसक्दा भूमिहीनलाई जग्गा वितरण गर्न नसकि रहेको अवस्थामा सरकारले यसै पटकको संसद् अधिवेशनमा भूमि ऐन ल्याउने र बहुमतका आधारमा अनुमोदन गर्ने तयारीमा रहेको मन्त्री अधिकारीले जनाकारी दिनु भएको छ । 

संसदबाट भूमि ऐन अनुमोदन गरेपछि मात्र भूमि आयोगले देशभर एकै साथ जग्गा वितरण गर्ने भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.