लैंगिक हिंसा अन्त्य गर्न कानुन निर्माण र कार्यान्वयनसँगै सचेतना अभियान जारी

मंसिर २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
लैंगिक हिंसा अन्त्य गर्न कानुन निर्माण र कार्यान्वयनसँगै सचेतना अभियान जारी

काठमाडौं । लैङ्गिक हिंसाका घटना रोकथाम गर्न राजनीतिक सचेतना महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् ।

राजनीतिमा पनि महिलाहरुलाई अघि बढ्न नदिने प्रवृति रहेको भन्दै वक्ताहरुले समाज रुपान्तरणमा दलहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा जोडदिए । पार्टी, समाज र घरबाटै समानताको सोच नराखेसम्म लैंगिक हिंसा रोक्न नसकिने उनीहरुको भनाइ थियो ।

राजनीतिको निर्णायक तहमा महिला प्रतिनिधित्व बढाउनुपर्नेमा पनि वक्ताहरुले जोडदिए । संविधान र कानुनले दिएका अधिकारलाई व्यवहारमै कार्यान्वयन गर्दै हिंसा हुँदै नहुने समाज निर्माणमा जुट्नुपर्ने सरोकारवालाहरुको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement