पाल्पामा मध्यरातमा चिच्याएर वर माग्ने सत्यवती मेला सकियो

मंसिर १, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाल्पामा मध्यरातमा चिच्याएर वर माग्ने सत्यवती मेला सकियो

पाल्पा । मध्यरातमा चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेला शनिबार सकिएको छ ।

यस वर्ष मेलामा ३ लाखभन्दा बढी श्रद्धालुले ताल तथा मन्दिरको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

तिनाउ गाउँपालिका-४ कोलडाँडाको जंगलमा रहेको तालमा सत्यवती मेला लाग्दै आएको छ । दिउँसोभन्दा रातिमा मेला भर्न जाने श्रद्धालुको घुँइचो लाग्छ । सत्यवती तालमा कानले नसुन्ने देवी रहेको र चिच्याएर वर माग्दा मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वासले मध्यरातमा चिच्याउँदै वर माग्ने प्रलचन छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement