मुद्दाको फैसला नहुँदा नुवाकोटको फलाखु खोलाको नयाँ पुल बन्यो कवाडी गोदाम

मंसिर १, २०८१ |कान्तिपुर टीभी संवाददाता
मुद्दाको फैसला नहुँदा नुवाकोटको फलाखु खोलाको नयाँ पुल बन्यो कवाडी गोदाम

नुवाकोट । मुआब्जा सम्बन्धी सर्वोच्च अदालतको फैसला समयमै निराकरण तथा किनारा नहुँदा नुवाकोट - रसुवा सीमाना फलाखु खोलामा बनेको नयाँ पुल पार्किङस्थल र कवाडी गोदाम बनेको छ ।

गल्छी - त्रिशुली - मैलुंङ - स्याप्रुवेशी - रसुवागढी सडक आयोजना अन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका ५ स्थित बेत्रावतीका स्थानीयद्धारा दायर मुद्दामा न्यायिक फैसला भएपनि उक्त फैसलाको पूर्णपाठ नआउँदा रसुवा - नुवाकोट सीमाना फलाखु खोलामा बनेको नयाँ पुल संञ्चालनमा कठिनाई भएको हो ।

स्थानीयले गल्छी - त्रिशुली - मैलुङ सडक अन्तर्गत रसुवाको बेत्रावती क्षेत्रका २ सय मिटर एलाईनमेण्टमा मुआब्जा मागगर्दै २०७७ साल मंसिरमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । दायर उक्त मुद्दा लामोसमय देखि विचाराधीन रहेकोमा यसै कार्त्तिक ४ गते परमादेश जारि गरेको थियो । तर, जारि उक्त परमादेशको पुर्णपाठ प्राप्त नहुँदा करिव १० करोडको लागतमा बनेको ५५ मिटर लामो डबल लेनको नयाँ पुल अझै संञ्चालनमा आएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement