अल्पसंख्यक आठपहरिया राईको उठौली अनुष्ठान

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
अल्पसंख्यक आठपहरिया राईको उठौली अनुष्ठान

धनकुटा । मुख्य थातथलो धनकुटा भएका अल्पसंख्यक आठपहरिया राईहरुको उठौली अनुष्ठान सुरु भएको छ ।

मंसिरे अर्थात् 'वाडाङमेट' आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड हो । मंसिरे चाडको पूर्वसन्ध्यामा आठपहरिया समुदायले दैविक आह्वानका लागि उठौली पूजा गर्ने परम्परा छ । 

श्रीपञ्चमी, ठूलोघर, लुङदाङ, सिप्तेन, चारिङ्मे, होम्बारक लगायत २१ थलोका आठपहरियाले तिथि हेरेर छुट्टाछुट्टै गुठीघरबाट माहाङ उठाउने गर्छन् । यो समयमा उनीहरु आ–आफ्नो गुठीघरमा भेला भएर मुन्धुम गाउँदै इष्टदेवसँग वरदान माग्ने गर्छन् ।

आठपहरियाहरु वैशाखमा बिशु र भदौमा धुमधामका साथ न्वागी मनाउँछन् । आठपहरिया राई समुदायको सबैभन्दा ठूलो मंसिरे चाड औपचारिक रुपमा आउँदो बुधबारबाट सुरु हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement