कावासोतीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कावासोतीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१, बालुवाडाँडामा जिप दुर्घटना हुँदा दुई  जनाको मृत्यु भएको छ । क्षमताभन्दा बढी यात्रु बोकेको जिप दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । 

जिल्लाको पहाडी भेगबाट सदरमुकाम कावासोतीतर्फ आउँदै गरेको बागमती प्रदेश ०७-००१-ज-००२० नम्बरको जिप अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख एसपी यादव ढकालका अनुसार घाइतेको उद्धार गरी चितवन र जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.