धनुषाको गंगासागरमा तर्पणी गर्नेहरुको घुइँचो

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
धनुषाको गंगासागरमा तर्पणी गर्नेहरुको घुइँचो

धनुषा । पितृहरुको स्मरणमा तर्पणी गर्नेहरुको जनकपुरधाममा घुइँचो लागेको छ ।

सोह्र श्राद्ध सुरु भएसँगै जनकपुरको ऐतिहासिक गंगासागर पोखरीमा तपर्णी अर्थात् जल अर्पण गर्नेहरुको ठूलो भिड लागेको हो ।

आजको दिन पोखरी, जलाशय र तलाउमा स्नान गरी मठमन्दिरमा पूजाआजा र मन्त्रोचारण गरी जल अर्पण गर्नाले आत्मशुद्धि र पुर्वजहरुले मोक्ष प्राप्त हुने जनविश्वास छ । 

हातमा काँक्रो र फुल्की लिएर पितृहरुलाई जल अर्पण गर्नुका साथै ब्राम्हणलाई दक्षिणा दिने चलन छ । देशका विभिन्न स्थानका साथै भारतीय सिमावर्ती जिल्लाहरुबाट समेत श्रद्धालुहरु तर्पनीका लागि जनकपुरधाम आउने गर्दछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement