रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार चार सामाजि‍क संस्थालाई

भाद्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार चार सामाजि‍क संस्थालाई

काठमाडौं । रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०८१ को पुरस्कार तथा सम्मान आज एक कार्यक्रमका बीच प्रदान गरेको छ । यस वर्ष चार सामाजिक संस्था तथा तिनका अध्यक्षहरू पाँच लाख नगद पुरस्कारसहित सम्मानित भएका हुन् ।

यस वर्ष २ लाख नगदसहितको रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार नेपालगञ्जस्थित नीलसागर सेवाश्रम तथा यसका संस्थापक अध्यक्ष सरिता खनाललाई प्रदान गरिएको छ ।

यस्तै, जनही १ लाख राशीको रामबाबु-ज्ञानु समाजसेवी पुरस्कार तीन संस्थाहरुलाई प्रदान गरिएको छ । यसवर्ष इटहरीस्थित माया घर नेपाल, गोकर्णेश्वर काठमाडौंस्थित अपांग पुनर्स्थापना केन्द्र र टोखास्थित हाम्रो बाल संरक्षण धरोहर नेपाल पुरस्कृत भएका हुन् ।

पूर्वमुख्यसचिव विमल कोइरालाले पुरस्कृत व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गर्नु भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement