गौरीशंकर हिमाल रिसाएको भन्दै बेदिङका स्थानीयले गरे क्षमा पूजा

भाद्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
गौरीशंकर हिमाल रिसाएको भन्दै बेदिङका स्थानीयले गरे क्षमा पूजा

दोलखा । गौरीशंकर हिमाल रिसाएको भन्दै दोलखा रोल्वालिङ क्षेत्र बेदिङका स्थानीयले क्षमा पूजा गरेका छन् ।

असार २२ गते रोल्वालिङ खोलामा हिमताल फुटेपछि गौरीशंकर हिमाललाई धार्मिक आस्थाको रुपमा पूज्ने स्थानीयले करीब दुई सातादेखि सो हिमालको क्षमा पूजा गर्दैआएका छन् ।

च्छो-रोल्पा हिमताल नजिकै १७ जना लामाले बौद्ध विधि अनुसार भदौ १३ गतेबाट क्षमा पूजा गरिरहेको स्थानीय दावा छिरिङ शेर्पाले बताउनुभयो ।

प्रकृती रिसाएपछि थप संकट हुने र हिमालका तालहरु झन जोखिम भएर बाढी आउने भन्दै लामाहरुले बौद्ध र हिन्दु दुवै विधीमा क्षमा पूजा गरिरहेको प्रमुख लामा ङावाङ तेन्जिङ शेर्पाले बताउनुभयो । भदौ १३ गतेबाट शुरु भएको पूजा भदौ ३० गतेसम्म गरिने छ ।

गएको असार २२ मा रोल्वालिङ खोलामा हिमताल फुटेर आएको बाढीमा एक जना वेपत्ता हुनुको साथै डोगाङका ८ होटल र घर बगाएको थियो । रोल्वालिङ खोलामा आएको बाढीको अझैसम्म अध्ययन भने हुन सकेको छैन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement