काठमाडौंको सिको, फुटपाथ खाली गराउँदै तुलसीपुर उपमहानगर

भाद्र १९, २०८१ |अमर क्षितिज भण्डारी
काठमाडौंको सिको, फुटपाथ खाली गराउँदै तुलसीपुर उपमहानगर

दाङ । सहरी र बजार क्षेत्रमा रहेका फुटपाथबाट सडक व्यवसायीलाई हटाउने र खालि गराउने काठमाडौं‌ महानगरपालिकाले थालेको अभियानलाई अरु पालिकाले पनि अनुशरण गर्न थालेका छन् । 

दाङको तुलसीपुर बजारलाई व्यवस्थित र सुन्दर बनाउन सडकपेटी र फुटपाथ खाली गराउने अभियान सुरु भएको छ । तुलसीपुर उपमहानगरले १५ दिनअघि सार्वजनिक सूचना निकालेर सडकपेटी र फुटपाथ खाली गर्न भने पनि व्यवसायीहरुले अटेर गरेपछि आजदेखि अनुगमनको काम थालेको हो । 

उपमहानगरका बजार व्यवस्थापक र प्रहरीसहित गएको नगर प्रमुखको नेतृत्वको अनुगमन टोलीले सडक र फुटपाथमा राखेका सामान जफत गरेको छ ।

चार्डपर्वका समयमा बजारमा बढी चहलपहल हुने र सटकपेटीमा सामान राखेर व्यापार गर्दा यात्रु बिच सडकमा हिँड्नुपर्ने र त्यसले दुर्घटना निम्त्याउने जोखिमलाई रोक्न यस्तो कदम चालिएको तुलसीपुर उपमहानगरका प्रमुख टीकाराम खड्काले जानकारी दिनुभयो । बजारलाई व्यवस्थित गर्न अनुगमनलाई निरन्तरता दिइने तुलसीपुर उमहानगरले जनाएको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।


Enter Kantipur TV HD
Advertisement