गौरीशंकर गाउँपालिकाको हिमाली वनमा लागेको डढेलो नियन्त्रण बाहिर

माघ २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
गौरीशंकर गाउँपालिकाको हिमाली वनमा लागेको डढेलो नियन्त्रण बाहिर

दोलखा । गौरीशंकर संरक्षण क्षेत्र अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिका-७ को हिमाली वनमा लागेको डढेलो नियन्त्रणभन्दा बाहिर गएको छ ।

६ दिनदेखि गौरीशंकर संरक्षण क्षेत्र अन्तर्गत गौरीशंकर गाउँपालिका- ७ को सिक्पास्वर भन्दा माथिल्लो क्षेत्रको हिमाली वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो । डढेलोको धुवाँले स्थानीय बासिन्दा प्रभावित बनेको संरक्षण क्षेत्रका प्रमुख तुलसीप्रसाद दाहालले बताउनुभयो ।

डढेलो नियन्त्रणका लागि खटिएको थप टोली पनि जान नसकेर फर्किएको बताइएको छ । हिमपात हुने मौसममा चिसो छल्न तलतिर झरेका वन्यजन्तु डढेलोमा परेका छन् भने रेडपाण्डाको बासस्थान रहेको क्षेत्रको बन सखाप भएको संरक्षण क्षेत्रका प्रमुख दाहालले बताउनुभयो । तीव्रगतिमा हावा चलिरहेकाले हिमाल नजिकैको खर्कहरूमा डढेलो बढ्दै गएको बताइएको छ ।

रेडपाण्डा र झारलको वासस्थान क्षेत्रमा भौगोलिक विकटताका कारण डढेलो निभाउन टोली परिचालन गरिए पनि सफल हुन नसकेर बाटैबाट फर्किएको पनि उहाँले बताउनुभयो । डढेलो बढ्दै जाने देखिएपछि नियन्त्रणका लागि जिल्ला विपद व्यवस्थापन समितिलाई आग्रह गरिएको संरक्षण क्षेत्रका प्रमुख दाहालले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement