मूर्ति सेलाउन जाँदा डुबेर बेपत्ता भएका युवकको शव फेला

माघ २३, २०८१ |राजेश्वर पाण्डे
मूर्ति सेलाउन जाँदा डुबेर बेपत्ता भएका युवकको शव फेला

रौतहट । सरस्वतीको मूर्ति सेलाउने क्रममा बागमती नदीमा डुबेर बेपता भएका युवकको शव फेला परेको छ । रौतहट जिल्लाको राजदेवी नगरपालिका-६ मा रहेको बागमती नदीमा सरस्वती पूजा सम्पन्न भएपछि मूर्ति विसर्जन गर्ने क्रममा राजदेवी-७ मुडवलवा घर भएका २२ वर्षीय सुरज यादव डुबेर बेपता भएका थिए ।

डुबेर बेपता भएका यादवको मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए । आज बिहान उनी डुबेकै स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले बताउनुभएको छ । उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो । मृतकको शवलाई पोस्टमोर्टमपछि परिवारजनको जिम्मा लगाइएको डीएसपी रायले बताए ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement