महोत्तरीमा धम्कीयुक्त पत्र लेखेर फिरौती रकम माग्ने २ जना पक्राउ

भाद्र १, २०८१ |कान्तिपुर टीभी संवाददाता
महोत्तरीमा धम्कीयुक्त पत्र लेखेर फिरौती रकम माग्ने २ जना पक्राउ

महोत्तरी । जलेश्वरका एक व्यक्तिलाई पत्र लेखी धाकधम्की दिएर रकम मागेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

जलेश्वर-५ बस्ने गफुर राइनलाई धम्की दिएर ९२ हजार रुपैयाँ रकम माग्ने रामगोपालपुर नगरपालिका-५ कञ्चनपुर घर भई हाल जलेश्वरमा डेरागरी बस्ने २४ वर्षीय सुनिलकुमार राउत र १९ वर्षीय करण मण्डललाई प्रहरीले जलेश्वरनाथ महादेव मन्दिर अगाडिबाट पक्राउ गरेको हो ।

आफूलाई धम्कीसहित फिरौती रकम माग गरेपछि राइनले प्रहरीलाई खबर गरेका थिए । प्रहरीसँगको सल्लाहपछि राइनले जलेश्वरस्थित महादेव मन्दिरको छेउमा रहेको फोहोर फ्याक्ने भाँडोमा रकम राख्न भनेअनुसार नै प्लाष्टिकमा कागज पोको पारेर राखेका थिए ।

राउत र मण्डलले राइनले राखेको सोही पोको निकाल्न खोज्दा लुकेर बसेका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । धम्की दिएर फिरौती रकम मागेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement