रास्वपाको केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेला काठमाडौंमा सुरु

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
रास्वपाको केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेला काठमाडौंमा सुरु

काठमाडौं । आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेला सुरु भएको छ । 

आज बिहान ९ बजेबाट सुरु हुने भनिएको भेला ढीलोगरि काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो । 

भेलामा देशभरबाट १ हजार ५ सय बढी प्रतिनिधि उपस्थिति रहेको बताइएको छ । भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ । 

पार्टी सभापति रवि लामिछानेबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुने समेत कार्यक्रम रहेको छ ।  राष्ट्रिय भेला बुधबारसम्म चल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement