एएफसी च्याम्पियन्स लिग : इरानको पर्सेपलिस एफसीमाथि साउदी अरेबियाको अल आलीको जित

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
एएफसी च्याम्पियन्स लिग : इरानको पर्सेपलिस एफसीमाथि साउदी अरेबियाको अल आलीको जित

काठमाडौं । एएफसी च्याम्पियन्स लिगमा साउदी अरेबियाको अल आलीले इरानको पर्सेपलिस एफसीलाई १-० गोलले पराजित गरेको छ ।

जेदाहको प्रिन्स अब्दुल्लाह अल फैजल स्टेडियममा आलीले खेल सुरु भएको दोस्रो मिनेटमा नै गोल गरेको थियो । उसका लागि बार्सीलोनाका पूर्व मिडफिल्डर फ्राङ्क केस्सीले गोल गरेका हुन् ।

पहिलो हाफमा उसको अग्रता कायमै रह्यो । रियाद महरेज टिमका लागि दोस्रो गोल गर्न बाट चुके । ५९औं मिनेटमा पाएको पेनाल्टी प्रहारमा महरेज गोल गर्न असफल भएका हुन् । उनको पेनाल्टी गोलकिपर एलिक्सिस गुएनडोजले बचाएका थिए।

बाँकी समयमा पाहुना टोलीले पुनरागमन गर्न नसक्दा फ्राङ्कको गोल नै आलीलाइ तीन अंक जोड्न निर्णायक बन्यो । एशियाली महादेशको सबैभन्दा ठुलो क्लब प्रतियोगिताको सिजन नयाँ फरम्याटका साथ सुरु भएको हो ।

स्विस लिग फरम्याटमा खेलाइने प्रतियोगितामा क्लब संख्या ४० बाट २४ मा झारिएको छ। इस्ट एशियाका १२ र वेस्टबाट १२ क्लबको सहभागिता छ । शीर्ष आठमा रहने टोलीले नक आउटमा स्थान बनाउनेछन् । क्वाटरफाइनल, सेमीफाइनल र फाइनल साउदी अरेबियामा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement