मेलम्ची भ्याली क्याम्पस बाढीको उच्च जोखिममा

श्रावण २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
मेलम्ची भ्याली क्याम्पस बाढीको उच्च जोखिममा

सिन्धुपाल्चोक । लगातारको वर्षाले सिन्धुपाल्चोकको मेलम्चीमा एउटा घरमा क्षति पुगेको छ भने मेलम्ची भ्याली क्याम्पस बाढीको उच्च जोखिममा परेको छ । स्थानीय देवीरमण लामिछानेको घरमा बाढी पसेको छ ।

मेलम्चीको बाढीले हेलम्बुको चिलाउने घारीस्थित क्याम्पस आसपासको जमिन बगाउनुका साथै संरक्षणका लागि बनाएको ढलान भत्काएर बाढी पस्दा क्याम्पसको क्यान्टिनमा क्षति पुगेको छ ।  

झण्डै ४ सय विद्यार्थी अध्ययन गर्ने क्याम्पसको पछाडिको सबै भाग बाढीले बगाइसकेको छ । क्याम्पसको छेउमै रहेको घरभित्रै बाढी पस्दा घर पूर्णरूपमा क्षति भएको पीडित लामिछानेले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement